You are viewing the translated version of न्यूनस्तरका खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने.
Section 16
न्यूनस्तरका खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने
कसैले देहायका न्यूनस्तरका खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरणको लागि राख वा बिक्री वितरण गर्न वा गराउन हुँदैन:-
(क) दफा १५ बमोजिमका खाद्य पदार्थ बाहेक यस ऐन बमोजिम निर्धारण गरेको स्वच्छता तथा गुणस्तर अनुरुप नभएका खाच्च पदार्थ, वा
(ख) कुनै खाद्य पदार्थको स्वभाविक गुणभन्दा कमसल हुने गरी प्रमुख अङ्गको परिमाण घटाइएको वा अर्को कुनै वस्तु मिश्रण गरिएको खाद्य पदार्थ।
तर एकभन्दा बढी वस्तु मिश्रित खाद्य पदार्थमा त्यस्तो मिश्रित खाद्य पदार्थको नाम र परिमाण स्पष्ट उल्लेख भई त्यस्ता मिश्रित खाद्य पदार्थ स्वच्छ र गुणस्तरीय भएमा त्यस्तो पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी तथा बिक्री वितरण गर्न बाधा परेको मानिने छैन।